Sunday, February 16Nepal News Portal
Shadow

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु


काठमाडौं, १९ मंसिर (ससं) । धनुषाको हंसपुर नगरपालिका ५ बेल्हीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री स्थानीय ७० वर्षीय जोगी यादव रहेका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

बेल्हीबाट सुगानिकासतर्फ जाँदै गरेको ज ९ प ५९९१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी सवा ७ बजे बाटोमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको थियो।मोटरसाइकल चालक भने फरार भएका छन् ।

मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट बेल्ही धनुषाले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्