Monday, February 10Nepal News Portal
Shadow

२६.४८ अंकले घट्यो नेप्से


काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचक घटेको छ । यस दिन नेप्से २६.४८ अंकले घटेर १९६९.०१ को विन्दुमा पुगेको छ । बुधबार (हिजो) नेप्से २४ अंकले घटेको थियो ।

बिहीबार (आज) २५६ कम्पनीको एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँबराबरको ३६ लाख ५७ हजार १५४ किक्ता सेयर किनबेच भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.२७ %ले घटेर ३७३.५६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

१३ उपसमूहमध्ये सबैको समूहगत परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको समूहगत सूचक सर्वाधिक २.६४ %ले घटेको छ ।

बिहीबार बुद्धभमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य ४.२९ %ले बढेको हो । यस दिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७ %ले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्