Tuesday, June 18Nepal News Portal
Shadow

आरएमडीसी लघुवित्तद्वारा लाभांश प्रस्तावसहित सभा आह्‍वान


काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्‍वान गरेको छ। लघुवित्तको फागुन १८ गते बसेको संचालक समितिको बैठकले २४औं वार्षिक साधारण सभा आगामी चैत १० गतेका लागि आह्‍वान गरेको हो ।

सभा काठमाडौंको कालिकास्थान अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभामा गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको २६ %ले हुन आउने ३२ करोड २६ लाख ७७ हजार बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गरिने छ।

सभाबाटै लघुवित्तले १.३६ %ले हुन आउने एक करोड ६९ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिने छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ उक्त दिन भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन्।

Total Page Visits: 217 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्