काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचयपत्रका आधारमा पनि भोट हाल्ने पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र, संसद् सचिवालयको परिचय पत्र, सांसद निर्वाचित प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक कागजात भएका मतदाताले मतदान गर्न पाउने बताएका छन्।
“निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद् सचिवालयबाट जारी भएको परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।