Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
१०० रुपैयाँदेखि सुरु गरेको अल्लो कारखानाबाट लाखौँ आम्दानी – Udhyognews.com
Saturday, March 22Nepal News Portal
Shadow

१०० रुपैयाँदेखि सुरु गरेको अल्लो कारखानाबाट लाखौँ आम्दानी


काठमाडौं । नेपालमै बसेर सानो लगानीबाट उद्यम सुरु गरी महिनाको लाखौँ आम्दानी गर्न सफल भएका ‘गणेश अईडि’ नेपालमा बसेर कहि गर्न सकिदैन भन्नेहरुका लागि एक उदाहरण बनेका छन् ।

बझाङ जिल्ला सुनिखोटको बिकट ठाउँमा जन्मिएका ‘गणेश अईडि’ हाल काठमाडौं बुढानिलकंठ —२ मा ‘फरेस्टि हेम्प ब्याग’ उद्योग सञ्चालन गरी लाखौँ आम्दानी गर्दै आएका छन् ।

उक्त उद्योग २०५२ साल देखि सञ्चालनमा आएको हो । उद्योग सञ्चालन गर्नु भन्दा अगाडी ४ वर्ष सम्म उनले गाउँको सामान सहर र सहरको सामान गाउँ लगेर बेच्ने गर्थे ।

अईडिले सुरुमा १०० रुपैयाँबाट यो कारखाना सुरु गरेका हुन् । अहिले यो कारखानामा लाखौँको आम्दानी हुन्छ । उनी सुरुमा हातबाट नै अल्लोको कपडा बनाउँथे अहिले मेसिनबाट बनाउँछन् ।

उनले भने, ‘इन्टरन्यास्नल स्तरका कपडाहरु बनाउने मेसिन अहिले हामि सँँग मात्र छ । यो मेसिनको प्रयोग २०६७ साल देखि गर्दै आइरहेका छौँ’।

उक्त उद्योगमा २५०० किसिमका कपडाहरु उत्पादन गर्दौ आएको अईडीले बताए । यसभित्र जुत्ता देखि टोपि सम्म र ओढ्ने देखि ओछ्याउनेसम्मका सम्पुर्ण अल्लोका कपडाका किसिमहरु उत्पादन हुन्छन् । सुरुमा आफ्नै परिवारले सञ्चालन गर्दै आएको यो उद्योगमा अहिले १०५ जना कर्मचारिहरु प्रत्यक्ष रुपमा कार्यरत छन् ।

“राज्यले उपयुक्त निति निर्माण नगरेका कारण नेपालका उद्योगहरु दिनानु दिन संकटमा पर्दै गईरहेका छन्”उनले भने ।

सरकारले उद्योग नविकरण गर्दा २५ लाख भन्दा साना उद्योगहरुलाई नविकरण, अडिट तथा लेखा परिक्षण जस्ता कार्य गर्न सुलभ तरिकाले सहजिकरण गरिदिए कुनै पनि किसिमको अनुदान जस्ता सहयोग गर्न नपर्ने अईडीको भनाइ छ ।

नेपालमा बसेर श्वरोजगार बन्नको लागि सबैले उद्योग सञ्चालन नै गर्नुपर्छ भन्ने छैन । सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न सकिने उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्