काठमाडौं । आइतबार छापावाला सुन भाउ बढेको छ । आज सुन प्रतितोला ३ सय रूपैयाँले बढेको हो।
शुक्रबार १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ७५ रूपैयाँले कारोबार भइरहेको छ।