Sunday, February 16Nepal News Portal
Shadow

प्रधानमन्त्री बनेको ७१ दिनपछि अर्थतन्त्रबारे पुष्प कमल दाहाल प्रचण्डको चासो


काठमाडौं। प्रधानमन्त्री बनेको ७१ दिनपछि पुष्प कमल दाहालले अर्थतन्त्रका समस्याबारे छलफल गर्ने भएका छन्। जर्जर बनेको अर्थतन्त्र सल्ट्यान सरकारको पहलकदमी शुन्य भएको आरोप लागेपछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रसगँ छलफल गर्ने भएका हुन्।

अर्थतन्त्रमा अनेकौं समस्या देखिएको गुनासो आउन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सरोकारवालाहरुलाई छलफलमा डाकेका छन्।

अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघलगायत दर्जन जति संस्थाका प्रमुखलाई बैठकमा डाकेका हुन्। प्रधानमन्त्रीले सिंहदरवारस्थिर कार्यालयमा साढे १२ बजेदेखि छलफल गर्ने कार्यक्रम छ।

बजारमा बैंक ब्याज दर महँगो भएको, बैंकले ऋण नदिएको, सरकारले खर्च नगरेको, आन्तरिक स्रोत परिचालनमा समस्या आएको, निर्माण ब्यवसायीले पैसा नपाएको जस्ता गुनासो बढेको छ।

सरकार पनि राष्ट्रपति निर्वाचनमा केन्द्रित हुँदा समस्या झनै झाङ्गिएको छ। यी सबै गुनासाका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहाल नै अग्रसर भएका हुन्।

आफ्नो नियुक्ति लगत्तै पहिलो बैठकबाट अर्थतन्त्रलाई केन्द्रमा राखेर निर्णय गरेको भन्दै भाषण गर्दै आएपनि दाहालले अर्थतन्त्रको समस्या समाधान गर्न पछिल्ला दिन ध्यान दिन छाडेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्