Thursday, July 17Nepal News Portal
Shadow

जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

फागुन ६ गते बसेको बैठकले २८ % बोनस शेयर र ९.३६८४ % नगद लाभांश गरी कुल ३७.३६८४ % लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले फागुन १९ गते पुनः बैठक बसि लाभांश संशोधन गरेको हो। जसमध्ये २६ % बोनस शेयर रहेको छ भने ७.१५ % (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको लघुवित्तले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्