Monday, February 10Nepal News Portal
Shadow

‘सहकारीका व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी’ २४ र २५ गते काठमाडौंमा हुने


काठमाडौं । “प्रविधियुक्त सेवा र सुशासन दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोचसहित सहकारी व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी २०७९ हुने भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा उक्त गोष्ठी काठमाडौंमा फागुन २४ र २५ गते हुने भएको हो । यस्तो गोष्ठी प्रत्येक ३ वर्षमा हुँदै आएको छ ।

यसको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेफ्स्कुनका कोषाध्यक्ष तथा गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक दीपक पनेरूले बताएका छन् । गोष्ठीमा विषय विज्ञहरूले सातवटा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै, चार विषयवस्तुमा सामूहिक सत्र सञ्चालन हुने पनि बताइएको छ ।

उक्त गोष्ठीमा ४५० जनाको सहभागिता हुने आकलन गरिएको छ । हालसम्म ४८ जिल्लाका ८७ महिलासहित ३९८ सहभागीले आवेदन दिएको बताइएको छ ।

यो गोष्ठीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको क्याप्सुलको काम गर्न मद्दत गर्ने पनि बताइएको छ । यस गोष्ठीले निकालेका निष्कर्षले यस क्षेत्रसँग सम्बन्धित नीतिहरू निर्माण गर्न सहयोग गर्नु पनि बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्