Friday, October 11Nepal News Portal
Shadow

फुल नर्सरी सञ्चालन गरेरै काठमाडौंमा घर!


काठमाडौं । मानिस बाच्नको लागि हरेक काम गरिहेको हुन्छ । कोही विदेश जान्छन् त कोही आफ्नै ठाउँमा केही गरौं भनेर बस्छन् । अनि केही सानो सानो व्यवसाय गरेर सफल उद्यमी बन्छन् । त्यही एक उद्यमी हुन् काठमाडौं मूलपानीकी लेखा कार्की ।

उद्ययपुर घर भएकी लेखा विगत २० वर्षदेखि नर्सरी गर्दै आएकी छिन् । उनी मुलपानीमा नर्सरी गर्न थालेको धेरै भएको छैन तर उनले यो भन्दा अगाडी काठमाडौंका विभिन्न ठाउँमा गरिन् ।
काममा उनका श्रीमन्ले पनि सहयोग गरिरकेका छन् । उनीहरुले करिब २० वर्षदेखि कामलाई निरन्तरता दिएका छन् ।

लेखा भन्छिन्, ‘ हामीले पहिला केहिवर्ष रातोपुल र बालुवाटारमा नर्सरी संचालन गर्यौँ । यहाँ आएको धेरै भएको छैन । तर, नर्सरीको माग एकदमै बढिरहन्छ । व्यापार राम्रै भएको छ । श्रीमान्ले पनि सहयोग गरिरहनु भएको छ । यहीँ नर्सरीकै कामले विदेश आउने जाने पनि गर्नुहुन्छ ।’

उनीहरुको नर्सरीमा व्यापार पनि राम्रै हुन्छ । नर्सरी संचालनबाटै उनीहरुले काठमाडौंमा घर समेत बनाइसकेका छन् ।

उक्त नर्सरमी हाल सिजनल र अफसिजनल गरी ७० भन्दा बढी जातका एक वर्षिय र वहु वर्षिय फरक फरक रङका फूलहरु रहेका छन् । फूलका जात अनुसार २० रुपैयाँ देखी १० हजार रुपैयाँसम्म विक्री हुने गरेको कार्कीले बताईन् ।

फुल नर्सरी गर्नका लागी ठुलो चुनौती नरहेको र सानो लगानीमा पनि नर्सरी व्यवसाय गरी राम्रो मुनाफा कमाउन सकिने कार्कीको भनाई छ ।
कार्कीले व्यवसाय गर्न अहिलेसम्म कुनैपनि सरकारी निकायहरु बाट अनुदान लिएकी छैनन् । उनी व्यवसामा आफुले मनैबाट गर्न चाहेमा मोटो रकम नलाग्ने बताउँछिन् ।

लगनशील भएर अगाडी बढ्ने कृषकलाई सरकारले अनुदानमा आवस्यक सल्लाह दिने प्राविधिक समस्या र विउ, विषादी र मल उपलब्ध गरिदिए अन्य अनुदान दिन नपर्ने उनको भनाई छ । सहरमा उनी जस्ता थुप्रै व्यवसायीहरु व्यवसाय गरेर धेरै राम्रो कमाइ गरिरहेका छन् । उनी त एक उदाहरण मात्र हुन् ।

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्