काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन आइतबार १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।