Sunday, November 3Nepal News Portal
Shadow

प्रचण्डलाई भेट्न ईश्वर पोखरेल पनि गए खुमलटार


काठमाडौं, १९ मंसिर (ससं) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् । पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

महासचिव पौडेलले भेटेर कुरा गरेपछि साँझ नेम्वाङ खुमलटार पुगेका थिए । साँझ पाँच बजेतिर खुमलटार पुगेका नेम्वाङसँग पनि पार्टी विवाद मिलाउनेबारे नै छलफल भएको थियो ।

नेम्वाङलाई प्रचण्डले परिस्थिति सकारात्मक बनाउन सकिने बताएका थिए । नेकपामा पोखरेल, पौडेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन् । ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले भोलि पनि बैठकमा उनी नआउने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्