Friday, October 11Nepal News Portal
Shadow

१४.४१ अंकले बढ्यो नेप्से


काठमाडौं । लगातर ५ दिन घटेको सेयर बजार परिसूचक मापक नेप्से १४.४१ अंकले बढेको छ ।

साढे ३० अंकले घटेको नेप्से आज ०.७४ %ले बढेर १९५२.६६ विन्दु पुगेको छ । आज २६१ कम्पनीको १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सिटभ इनडेक्स ०.४२ प्रतिशले बढेर ३७०.२४ कायम भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूहको समूहगत सुचक बढेको छ । यस दिन हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक १.६७ % बढेको छ ।

आज उत्पादन तथा प्रशोधन समूहको १.०६ % र म्युचअल फन्ड समूहको ०.२६ %ले घटेको छ । आज शुभम् पावर लिमिटेडको सेयर मूल्यको सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ भने सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१८ %ले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्