Friday, March 14Nepal News Portal
Shadow

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी मात्र योग्य


काठमाडौं । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटा मात्र योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै ८७ मात्र योग्य रहेको जनाएको हो ।

नेप्सेका अनुसार १७ वाणिज्य बैंक, आठ विकास बैंक, चार वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी, चार जीवन बीमा कम्पनी, पाँच निर्जीवन बिमा कम्पनी र ३० लघुवित्त कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

यस्तै, तारागाउँ होटेल रिजेन्सी, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् ।

सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढीको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो । यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन् । मार्जिन कारोबारलाई व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ ।

सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्र यस्तो सुविधा पाउँछन् । पछिल्ला दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेका कम्पनीहरूमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायत व्यवस्था निर्देशनले तोकेको छ । रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्