Tuesday, March 18Nepal News Portal
Shadow

चेम्बरले गर्यो महिला उद्यमीलाई सम्मान


काठमाडौं। नेपाल महिला चेम्बरले महिला उद्यमीलाई सम्मान गरेको छ । नेपाल चेम्बर अफ कमर्सको महिला शाखाले १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला उद्यमीलाई आज सम्मान गरेको हो ।

सम्मानित हुनेमा उद्योगतर्फ सुभद्रा अधिकारी, निर्याततर्फ पार्वता खरेल विमली, आइटितर्फ न्हसला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरुपा श्रेष्ठ छन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले समाजमा महिला हिंसा बढ्नु दुःखद भएको बताए। आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घरपरिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको बताए। पुरुषका तुलनामा महिलालाई कम ज्याला दिएर विभेद गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलालाई अघि बढ्न हौसला मिल्ने बताउनुभयो । महिलालाई अगाडि बढाउन महिला स्वयंको भूमिका, सहभागिता एवं प्रतिनिधित्व अर्थपूर्ण हुने उनको भनाइ थियो ।

उनले महिला सशक्तीकरणका निम्ति आर्थिकरूपमा स्वावलम्बी बन्नुपर्ने बताइन् । संयुक्त राष्ट्रसंघले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने नारा तय गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्