काठमाडौं । बुधबार छापावाला सुन प्रतितोला १ हजार रूपैयाँले घटेको छ।
मंगलबार १ लाख २ हजार ५ सय रूपैयाँले कारोबार भएको सुन बधबार १ लाख १ हजार ५ सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ।
मंगलबार प्रतितोला १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार २ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।