Monday, June 17Nepal News Portal
Shadow

बैंकर्स संघले बचतको ब्याजदर घटायो, कति प्रतिशत प्रिमियम लिन नपाइने ?


काठमाडौं। नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बिहीबार (आज) बसेको बैठकले चैत १ गतेबाट लागू हुने ब्याजदरमा पुनरावलोकन गर्दै यस्तो निर्णय गरेको हो।

जसअनुसार हालको ६.४२ देखि ८.४ %सम्मको बचत ब्याजदरलाई घटाएर ६ देखि ८ %सम्म कायम गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले जानकारी दिए।

‘मुद्दती निक्षेपको ब्याज दर यथावत् राखेर बचतको ब्याजदर घटाइएको छ,’ अध्यक्ष केसीले क्यापिटल नेपालसँग भने ‘त्यस्तै यो पाली हामीले डिपोजिटमा जानेभन्दा पनि लोनमा नै चलाउने निर्णय गरेका छौं, जसअनुसार यसअघि ६ %रहेको ऋणको प्रिमियम आधार दरमा अधिकतम ५ % मात्र प्रिमियम लिन पाइने बनाएका छौं।’

लामो समयसम्म डिपोजिट गर्ने ग्राहकलाई भने ११ % नै कायम गरिएको उनले जानकारी दिए। त्यस्तै संघले पहिले कायम रहेको कल डिपोजिटको ३.३१ %लाई घटाएर ३ % मात्र कायम गरेको छ। कुल डिपोजिटका क्रेडिट र कल गरी ३५ % हुने उनले बताए।

‘यस निर्णयले हाल बैंकहरूले १७ देखि १८ %सम्म ब्याज लिँदै आएको कार्यलाई रोक्छ,’ केसीले भने, ‘अब १०.७१ %बाट ५ % अर्थात् बढीमा १५ %को हाराहारीसम्म मात्र लिन पाउँछन्। गत माघमा पनि बैंकहरूले १२.१३३ %को ब्याजदरलाई घटाएर ११ %सम्म झारेका थिए।

Total Page Visits: 224 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्