Wednesday, February 21Nepal News Portal
Shadow

आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले मुलुकको अर्थतन्त्र जोखिमपूर्ण : अर्थविद् वाग्ले


काठमाडौं । अर्थविद् अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताएका हुन् ।

“चालु आर्थिक वर्ष (आव)को ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० % मात्रै छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्छ,” प्रा.डा. वाग्लेले भने, “मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण छ ।”

उनले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरू आइरहेको दाबी गरे ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको उनको भनाइ छ ।

Total Page Visits: 200 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्