Sunday, April 13Nepal News Portal
Shadow

घट्यो डलरको मूल्य


काठमाडौं । शुक्रबार (आज) अमेरिकी डलरको मूल्य घटेको छ। राष्ट्र बैंकबाट जारी विनिमयदरमा १ डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

बिहीबार १ डलरको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको थियो । आज १३ पैसाले सस्तिएको हो। शुक्रबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँमा तीन पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ दुई पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्