Tuesday, June 18Nepal News Portal
Shadow

रेमिटलीबाट पठाएको रेमिट्यान्स अब नेपालीले आइएमई पे वालेटबाट पाउन सक्ने


काठमाडौं । रेमिटलीबाट पठाइएको पैसा अब नेपाली नागरिकले आइएमई पे वालेटबाट पाउन सक्ने भएका छन् ।

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोनलगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको आईएमइले जानकारी दिएको हो ।

Total Page Visits: 237 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्