Tuesday, June 18Nepal News Portal
Shadow

लघुवित्त संस्थाका गलत कार्य रोक्न माग गर्दै महिलाले गरे विराटनगरमा प्रदर्शन


काठमाडौं । लघुवित्त संस्था नै धरासायी हुने गरी भएका गलत कार्य रोक्न माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार जुलुस प्रदर्शन गर्दै लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने देखिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको सहभागी महिलाले बताएका छन् ।

मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले संस्था नै खराब हुन भन्ने ढंगको सन्देश दिने गरी भएका गतिविधिले आफूहरूको रोजीरोटीमा समेत असर पुग्ने बताएका छन् । सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले सरकारले ध्यान दिनुपर्ने नारा लगाएका थिए ।

अपराह्न विराटनगरको हाटखोला चोकबाट निस्किएको रयाली रंगेली रोड हुँदै विराटनगर बजारतर्फ अघि बढेको थियो । र्‍याली वित्तीय साक्षरताका लागि लघुवित्त संरक्षण तथा प्रवर्द्धन समितिले आयोजना गरेको हो ।

Total Page Visits: 212 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्