Wednesday, February 21Nepal News Portal
Shadow

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।

यो कम्पनीको १ लाख ६९ हजार ७६० कित्ता आईपीओ २ लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये ५ जनाले थप १-१ कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले गएको फागुन ११ देखि १५ गतेसम्म १ लाख ६९ हजार ७६५ कित्ता आईपीओ निष्कासन गरेको थियो । १ करोड ६८ लाख १३ हजार १८० कित्ताका लागि १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । तर, २ हजार २०३ आवेदकले प्रक्रिया नपुर्‍याउँदा आवेदन अस्वीकृत भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

Total Page Visits: 159 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्