Sunday, April 13Nepal News Portal
Shadow

एसिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५ औं सम्मेलन काठमाडौंमा हुँदै


काठमाडौं । एसिया प्यासिफिक एड्भान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन काठमाडौंमा हुने भएको छ।

फागुन २९ गते (सोमबार) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एन्ड एजुकेशन नेटवर्क (एनआरइएन)ले जानकारी दिएको हो। सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने बताइएको छ।

५ दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको हो। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धि संस्थाहरूको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एन्ड एजुकेशन नेटवर्क (एनआरइएन)ले गर्ने जानकारी दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्