Tuesday, March 18Nepal News Portal
Shadow

टाटा मोटर्समा चलेको एक्सचेन्ज क्याम्प आज सकिने


काठमाडौं । देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्समा चलिरहेको एक्सचेन्ज क्याम्प आज सकिने भएको छ। यही गत शुक्रबारदेखि देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा क्याम्प सुरू भएको थियो।

ग्राहकहरुका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी सँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्सुरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाईनेछ।

अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन्।

यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरु सँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभि सँग साट्न सकिने छ। त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्