Wednesday, February 21Nepal News Portal
Shadow

नेपालीहरूले ७.८८ प्रतिशत महंगी खेप्नुपर्यो माघमा


काठमाडौं । चालु आर्थिक वर्षको साउनमा ८.६४ %को महंगी खेपिरहेका नेपालीहरूले माघमा भने ७.८८ % महंगी खेप्नुपरेको छ।

राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ %मा कायम गर्ने लक्ष्य लिएको भएपनि माघ मसान्तसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ८ % रहेको छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटलबाट प्राप्त सेवामा १५.२४ %, खाद्य तथा खाद्यजन्य पदार्थमा १२.३९ %, सुर्तीजन्य पदार्थमा १०.८३ %, पेय पदार्थमा ८.७८ % र मर-मसलाको ८.०८ %ले मूल्य वृद्धि देखिएको छ।

गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा १५.५८ %, स्वास्थ्यमा १०.३९ %, घरायसी उपयोगका वस्तुहरूमा ९.७८ % र फर्निसिङ तथा घरायसी उपकरणहरूमा ९ % र मनोरञ्जन तथा संस्कृतिमा ८.८१ %ले महंगी बढेको छ।

काठमाडौं उपत्यकाका मानिसहरूले ८.४७ %को मूल्यवृद्धि खेपिरहँदा तराईमा ७.८२ %, पहाडमा ७.३० % र हिमालमा ७.९२ % महंगी देखिएको छ।

Total Page Visits: 206 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्