Wednesday, February 21Nepal News Portal
Shadow

५१ अंक घट्यो नेप्से


काठमाडौं । साताको दोस्रो कारोबार दिन (आज) नेप्से परिसूचक २४.६८ अंक घटेको छ । गत बिहीबार ५० अंक बढेको नेप्से परिसूचक आइतबार र सोमबार गरी ५१ अंकले घटेको हो ।

गत साताको अन्तिम दिन २ हजार २ विन्दुमा रहेको नेप्से आज घटेर १९५१.२१ विन्दुमा झरेको हो । आइतबार नेप्से २६.८० अंकले घटेको थियो ।

यस दिन २५६ धितोपत्रको ३३ लाख ६९ हजार १३७ कित्ता एक अर्ब १६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूहका रहेको छ । यो समूहको परिसूचक १६६ प्रतिशतले घटेको छ ।

यस दिन सेयर मुल्य सर्वाधिक वृद्धि शुभम् पावर लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ९.९८ %ले वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.६२ %ले घटेको छ ।

Total Page Visits: 191 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्