Monday, June 17Nepal News Portal
Shadow

आइएमई पे मोबाइल टप अपमा ५ % क्यासब्याकको निरन्तरता


काठमाडौं । आइएमई पेले आफ्नो सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ % क्यासब्याकको अफर यथावत् राखेको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत् राखिएको कम्पनीले जानकारी दिएको छ ।

यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीले जानकारी दिएको छ ।

आमसेवाग्राहीले २ हजार रुपैयाँ रिचार्ज गर्दा १००, एक हजार रुपैयाँ गर्दा ५० र १०० रिजार्ज गर्दा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिचार्जमा ५ %सम्म प्राप्त हुने आइएमई पेले जानकारी दिएको छ ।

Total Page Visits: 225 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्