Sunday, March 16Nepal News Portal
Shadow

बढ्यो अमेरिकी डलरको मूल्य


काठमाडौं । मंगलबार (आज) अमेरिकी डलरको मूल्य सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकबाट जारी विनिमयदरमा १ डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ।

सोमबारको तुलनामा डलरको मूल्य १३ पैसाले बढेको हो। सोमबार १ डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको थियो।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ नौ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँमा एक पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ आठ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले हरेक दिन २१ वटा राष्ट्रहरूको विदेशी विनिमयदर अध्यावधिक गरेर हुन्छ। राष्ट्र बैंकले जारी गरेको विनिमयदर भन्दा बैंक तथा मनि एक्सचेन्जहरूले कारोबार गर्ने मूल्यमा केही तल माथि हुने गरेको छ।

नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ। नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा राष्ट्र बैंकले निर्धारण गर्दै आएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्