Thursday, January 23Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरूलाई अल्का अस्पतालमा ७ प्रतिशतदेखि २० प्रतिशसम्म छुट


काठमाडौं, २० मंसिर (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरूलाई अल्का अस्पतालमा उपचार गर्दा विभिन्न शीर्षकमा लाग्ने खर्चमा छुट पाउँने भएका छन् । समाजका सदस्यहरुले अल्कामा उपचार गर्दा न्यूनतम् ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउँने सम्झौता भएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र अल्का अस्पतालका अध्यक्ष तिलत बहादुर पुँवर थापाले शुक्रबार एक आपसमा सम्झौतापत्र आदान प्रदान गरेका हुन् । साथै, उक्त कार्यक्रममा अल्का अस्पतालमा हुने जनरल चेक–अपलाई पूर्णतः निःशुल्क गरिने समेत अध्यक्ष थापाले जानकारी दिए ।

उक्त सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरू मात्र नभई परिवारलाईसमेत सेवा सुविधा उपलब्ध गराउन गरिएको आग्रहलाई सहर्ष स्वीकारी जनरल चेक–अपलाई निःशुल्क गर्ने अस्पतालले दिएको प्रतिवद्धतालाई स्वागत योग्य भनेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्