Wednesday, February 21Nepal News Portal
Shadow

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु भएको छ ।

सोमबार कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रम गरिएको थियो । हिजो बसेको सञ्चालक समितिको पहिलो बैठकले दुवै कम्पनीहरुको तर्फबाट तीन/तीनजना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ ।

साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवर्द्धने, सिद्धार्थ मणी राजभण्डारी, गजेन्द्रलाल श्रेष्ठ र साबिक लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट मनोहर दास मुल, अरुणराज श्रेष्ठ, कमल भटृराई गरी ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Total Page Visits: 176 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्