काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि प्राथमिक सेयर (ईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निसष्कासनका लागि छुट्याइएकोमध्ये दश प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । पाँच प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ चैत १२ गतेसम्म निष्कासनमा रहने छ । ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ ।
कम्पनीले सञ्चालन गरिरहेको ९।६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको कुल लागत ईक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ। त्यसैगरी, आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहररू र तिनका तोकिएका शाखा कार्यालयहररूबाट आवेदन दिन सक्नेछन् ।
गत असोज मसान्तसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी ८ रूपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ १३ पैसा छ ।