Saturday, June 14Nepal News Portal
Shadow

१.८५ अंकले बढ्यो नेप्से


काठमाडौं । सेयर बजार परिसूचक नेप्से १.८५ अंकले बढेको छ। सोमबार १९५१ विन्दुमा बन्द भएको बजारको गति अझै स्पष्ट हुँन नसक्दा वृद्धि साघुरिएको हो।

बजार बन्द हुँदा मंगलबार नेप्से परिसूचक १९५३ मा आइपुग्यो। बजारको गति स्पष्ट नहुँदा कारोबार रकम समेत घटेको छ। यसदिन १ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको हो।

सोमबार १ अर्ब १६ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। तर, मूल्य बढेर कारोबार हुने कम्पनीको संख्यामा वृद्धि भएको छ।

सोमबार मात्रै ३६ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेकोमा मंगलबार १ सय ४० वटाको मूल्य बढेको छ। यसदिन कारोबारमा आएका २५५ धितोपत्र तथा ऋणपत्रमध्ये ९५ वटाको मूल्य घटेको छ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ३२५ पुगेको छ। एनआइसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सबैभन्दा धेरै ५.६४ प्रतिशतले घटेको छ। यी बैंकहरूको सेयर कारोबार क्रमशः १० करोड ४८ लाख रूपैयाँ र तीन करोड ४४ लाख रूपैया बराबर भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्