Monday, June 17Nepal News Portal
Shadow

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा फागुन २८ गते निवेदन पेश गरेको हो ।

प्रतिकित्ता रू. १ सय अंकित मूल्यमा रू. १७६ प्रिमियम थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासनका लागि कम्पनीले बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चाहेकै मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति पाए रू. ३ अर्ब ३१ करोड २० लाख बराबरको आईपीओ निष्कासनमा आउनेछ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Total Page Visits: 196 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्