काठमाडौं । बुधबार (आज) सुनको मूल्य स्थिर छ।
मंगलबार प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ।
मंगलबार प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।