Monday, February 10Nepal News Portal
Shadow

ब्याजदर घट्दा पनि शेयर बजारमा १४.४४ अंकको गिरावट


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि लागू हुनेगरि ब्याजदर घटाएका छन् । ब्याजदर घट्दा समेत शेयर बजार बढ्न सकेन । बुधबार आज नेप्से १४.४४ अंकले घटेर १ हजार ९ सय ३८.६२ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४५८.४० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४६९.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्