Tuesday, June 25Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकले गर्यो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम सम्पन्न


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न गरिएको छ । बैंकको डोटीको पिपल्ला तथा काठमाडौंका मैतीदेवी र पुतलीसडक शाखाद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो ।

दिपायल सिलगढी नगरपालिका–३ मा अवस्थित दिल्पेश्वर माध्यमिक विद्यालयलाई २ थान स्टिल पानीट्यांकी हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । विद्यार्थीलाई शुद्घ पिउनेपानीको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको बताइएको छ ।

यस्तै, बैंकको मैतीदेवी शाखाबाट काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरिएको छ ।

बैंकको पुतलीसडक शाखाबाट काठमाडौं–२८ स्थित झिगु इच्छुमती पार्कका लागि ६ थान कुर्सी हस्तान्तरण गरिएको छ । इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवालाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको जनाइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्