Wednesday, February 21Nepal News Portal
Shadow

क्रिकेट खेलाडीलाई एनएमबि बैंकले २१ हजार रुपैयाँ प्रदान गर्ने


काठमाडौं । एनएमबि बैंकले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ खेलाडीलाई सम्मान र हौसलास्वरूप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकले खेलाडीको मनोबल बढाउन यस्तो पुरस्कार दिने घोषणा गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, “खेलाडीहरू राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुदजगत्को प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरूलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।”

सन् २०१९ देखि सुरु भएको लिग–२ का ३५ मध्ये नेपालले १८ म्याचमा जित हासिल गरिसकेको छ । आज नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । यो खेलमा विजयी भए नेपालले आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीका नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताएका छन् ।

Total Page Visits: 141 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्