Tuesday, December 5Nepal News Portal
Shadow

सुनको भाउ घट्यो


काठमाडौं, २१ मंसिर (ससं) । साताको पहिलो दिन आज सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रूपैयाँ घटेको हो।

गत साताको शुक्रबार तोलामा ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार २५० रूपैयाँ छ।

शुक्रबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको छ ।

Total Page Visits: 529 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्