Sunday, October 13Nepal News Portal
Shadow

नेप्सेमा सामान्य अंकको गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३.३१ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्सेमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० %ले बढेर प्रतिकित्ता १६०४.२० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य १० %ले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्