Friday, October 11Nepal News Portal
Shadow

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । इंडियन आयल कर्पोरेसन (आइओसी)ले आज पेट्रोलियम पदर्थको मूल्य घटाएर पठाएको छ।

आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ७४ पैसाले घटेको हो।

आइओसीले मूल्य घटाएर पठाएपनि आन्तरिक बजारमा मूल्य घटाउनेबारे कुनै छलफल भइनसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।

आइओसीले हरेक पन्ध्ररपन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्