Friday, October 11Nepal News Portal
Shadow

‘छक्कापञ्जा ४’ को सहकारीबारे विवादित डायलग हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन


काठमाडौं । सहकारीबारे विवादित डायलग हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र बिकास बोर्डमा निवेदन दिएको छ । सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले हस्ताक्षर गरेको पत्रमा उक्त चलचित्रमा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । उक्त संवादले समाजमा भ्रम सिर्जना गर्ने भन्दै संवाद तत्काल हटाउन मागसमेत गरेको छ ।

यस्तो छ सम्बाद

‘छक्कापञ्जा ४’मा राजा पात्रले बोल्ने एउटा संवाद छ
– श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।
महिला पात्र भन्छिन् – अनि म के नि ?
राजाको जवाफ हुन्छ – सहकारी । भाग्न पछि सक्छ ।

केहि दिन यता यहि यो संवादलाई लिएर सहकारीकर्मी समेत रहेका मधुसूदन पाठक ‘सिते बा’ले पनि आपत्ति जनाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्