Sunday, November 16Nepal News Portal
Shadow

भक्तपुरको कौशलटारमा कार दुर्घटनामा परि एक युवतीको मृत्यु


काठमाडौं, २१ मंसिर (ससं) । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ कौशलटारमा गएराति कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुने युवती अन्दाजी २५ वर्षीया रहेको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा अचेत फेला परेकी उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको कार गएराति पौने १ बजे अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोकिएको थियो।

कारमा कति जना सवार थिए र चालकको अवस्था कस्तो छ, भन्‍नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्