Monday, June 16Nepal News Portal
Shadow

बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?


काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा एक हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको थियो।

यस्तै,एक हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्