Tuesday, June 18Nepal News Portal
Shadow

राष्ट्रपति पौडेलसँग उद्योग परिसंघका प्रतिनिधिहरुले गरे भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले भेटघाट गरेका छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले राष्ट्रपतिको सरकारी निवास शितलनिवासमा शुक्रबार भेट गरेका हुन् ।

यहि अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिएका थिए ।

अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घटाउनुपर्ने बताएका छन् ।

अग्रवालले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेस गरेका छन् ।

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए ।

Total Page Visits: 227 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्