काठमाडौं । भ्रष्ट्राचार मुद्दामा विशेष अदालतले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित २७ जनालाई सफाई दिएको छ । विशेष अदालतका न्यायधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला, र खुशी प्रसाद थारुको संयुक्त इजलाशले प्रमाण नपुगेको र अभियोग ठहर हुन नसकेको भन्दै उनीहरुलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्द २०७८ माघ १२ गते भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ९ वटा सिमेन्ट कम्पनीविरुद्ध पनि विशेष अदालतमा भष्ट्रचार मुद्दा दायर थियो। उनीहरु सबैले सफाई पाएका छन् ।
९ उद्योग कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि, मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि, उदयपुर मिनरल्स टेक प्रा.लि।, युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि बाट वार्षिक प्रति आर्थिक वर्ष एक एक लाख रूपैंयाका दरले जरिवाना लिने कर्तव्यबाट पन्छिएर सामान्य जरिवाना मात्र लिएर छोडिएको अख्तियारको दाबी रहेको थियो।