काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ।
कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत ५ करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६ हजार ४ सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ।
कोषमा हालसम्म ३ लाख ९९ हजार १ सय ९२ श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८सय ६८, मधेसबाट २१ हजार २सय ४१, गण्डकीबाट १५ हजार २ सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५ सय २६ र कर्णालीबाट १ हजार २ सय २५ श्रमिक कोषमा आबद्ध भएका छन्।
कोषमा १७ हजार ७ सय ३४ रोजगारदाता सूचीकृत छन्। हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ। रासस