Thursday, January 23Nepal News Portal
Shadow

 देशभरका उद्योगलाई वातावरणमा पारेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन सरकारले गर्यो ताकेता


काठमाडौं । देशभरका उद्योगलाई सरकारले आफ्नो उद्योगबाट वातावरणमा पारेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन ताकेता गरेको छ ।

वातावरण विभागले आइतबार (आज) एक सूचना प्रकाशित गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई यस्तो प्रतिवेदन बुझाउन ताकेता गरेको हो । धेरैजसो उद्योग, प्रतिष्ठानले यस्तो प्रतिवेदन नबुझाउँने भएकाले । यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले कानुन अनुसार स्वःअध्ययन प्रतिवेदन बुझाउनु पर्ने भनी तोकिएका सबै कम्पनीलाई यस्तो प्रतिवेदन बुझाउन भनेको हो । वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार यस्तो प्रतिवेदन नबुझाए कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

नियम अनुसार प्रस्तावकले निर्माण तथा सञ्चाल गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावबारे हरेक ६ महिनामा स्वःअध्ययन गरी प्रतिवेदन विभागमा बुझाउनु पर्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्