Monday, June 17Nepal News Portal
Shadow

हाइलाइफ ब्रान्डका विभिन्न परिणामका चिउरा किन्दा खाली हात नजाने उपहार


काठमाडौं । हाइलाइफले यसको चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूका लागि बाइक, स्कुटर, ल्यापटदेखि विभिन्न किसिमका उपहारहरू ल्याएको छ। हाइलाइफ ब्रान्डका विभिन्न परिणामका चिउरा खरिद गर्दा यीसहित हात खाली नजाने गरी विभिन्न किसिमका उपहार लक्की ‘ड्र’मार्फत वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

हाइलाइफका चिउरा बिक्री गर्दा प्रथम उपहारस्वरूप २ जनाले १५० सीसी क्षमता भएका पल्सर बाइक जित्न सक्नेछन् ।

दोस्रो उपहारस्वरूप २ जनाले होन्डा स्कुटर जित्न सक्नेछन् । तेस्रो उपहारस्वरूप २ जनाले १ टन क्षमता भएको एलजीको एसी जित्न सक्नेछन् ।

चौथो पुरस्कारस्वरूप २ जनाले २५३ लिटरको सामसङ ब्रान्डको फ्रिज र पाँचौँ उपहारस्वरूप ३ जनाले लेनेभो ब्रान्डको ल्यापटप प्राप्त गर्नेछन् ।

यस्तै, सान्त्वना उपहारस्वरूप १० जनाले अरू थुप्रै हाइलाइफको सामानहरू प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

योजनाअन्तर्गत हाइलाइफ कुरुमकुरुम चिउराको प्रत्येक १ केजीको कार्टुनको खरिदमा ३ लक्की ‘ड्र’ कुपन पाउनेछन् । ७०० ग्रामको कार्टुन खरिदमा २ लक्की ‘ड्र’ कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ‘ड्र’ कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ कुपनबराबर ग्राहकले नगद ५०० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

यो योजना गएको फागुन १५ गतेदेखि आउँदो असार १५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाइलाइफको आधिकारिक भाइबर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ ।

लक्की ‘ड्र’को नतिजा आउँदो साउन २० गते हाइलाइफ फुड्सको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

हाइलाइफ ब्रान्डअन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापडलगायत विभिन्न प्रोडक्ट उपभोक्तामाझ लोकप्रिय छन् ।

Total Page Visits: 180 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्