Thursday, February 29Nepal News Portal
Shadow

स्टील व्यवसायी महासंघले दियो आफ्ना सदस्यहरूलाई तालिम


काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले महासंघमा आबद्ध जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरूलाई तालिम दिएको छ । महासङ्घले एक दिवसीय “गतिशील व्यापार नेतृत्वमा प्रेरक कार्यक्रम” सम्बन्धी तालिम दिएको हो ।

प्रशिक्षण कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायीलाई संगठित गर्न व्यवसायलाई व्यवस्थित गर्न आफ्नो व्यवसायलाई बढाउन एक आपसमा भाइचाराको विकास गर्दै व्यवसायीहरुबीच सहयोगात्मक भावनाको विकास गर्न मद्दत मिल्ने भएको काठमाडौँबाट सुरु गरिएको नेतृत्व विकास तालिमलाई देशका अन्य भागहरुमा पनि क्रमशः तालिम गर्दै लैजाने बताएका छन् ।

प्रशिक्षक रबिन कटुवालले यस्तो प्रशिक्षणबाट नेतृत्व बर्ग व्यवसायीबिच गएर सागठनिक गतिविधि सञ्चालन गर्न आफ्नो व्यवसायलाई प्रवर्द्धन गरी राम्रो आयआर्जन गर्न कर्मचारी र उपभोक्तासँग सौहार्दपूर्वक व्यवहार गरी अगाडि बढ्न मद्दत मिल्ने भएकोले यस किसिमको प्रशिक्षणको आवश्यकता रहेको बताएका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष निरञ्जन कुमार श्रेष्ठले यो तालिमले ग्रील व्यवसायीहरूको नेतृत्व तहमा रहेका लिडरहरूलाई थप ज्ञान र हौसला मिलेको बताउँदै यहाँ सिकेको ज्ञानलाई आफ्नो आफ्नो कर्म क्षेत्रमा गएर अरूलाई पनि सिकाउन अनुरोध गरे । महासंघ, ललितपुर जिल्ला र काठमाडौँ जिल्ला समिति र सो जिल्लामा आबद्ध, क्षेत्रीय समिति र इकाई समितिको नेतृत्व तहमा रहेका १ सय ७० जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए ।

Total Page Visits: 125 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्