Thursday, November 14Nepal News Portal
Shadow

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी भन्छन्ः नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमबार राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ को उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विश्वका अरू मुलुकमा भन्दा नेपालमा बढी खर्च गर्ने प्रवृत्ति रहेको उनले बताएका छन् । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै त्यसैबाट आम्दानी बढ्ने जिकिर गरेका हुन् ।

राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको ‘रेट’ कमजोर रहेको उनले जानकारी दिएका छन् ।

“२०५२ सालमा कुनै कम्पनीको मूल्यांकन विश्लेषणको लागि लिएको १० कित्ता सेयरले अहिले लाखौँलाखको सम्पत्ति बनाइदिएको छ । हामीले फ्रासफुल्ली गरेको बचतको नेपाल रेट राम्रो छ । दश वर्षमा दोब्बर हुने खालका रेटहरू छन् । त्यो बचतले काम गर्छ । त्यसैले बचत अत्यन्तै जरुरी छ । त्यो रकम कतै बचत नगरे पनि खर्च गरेर जान्छ । बचत अनिवार्य हो,” उनले भने, “नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ ।
आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । १ हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ ।”

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्